त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त केही क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयन सम्पन्न

Everest Fuji News २०८१ चैत्र ५ मा प्रकाशित       Published at 2025 Mar 19


काठमाडौ/


त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त केही क्याम्पसमा हिजो स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयन सम्पन्न भएको छ ।

स्ववियु केन्द्रीय निर्वाचन समितिका अनुसार आंगिक र सम्बन्धन प्राप्त गरी तीन सय वटा क्याम्पसमा नेतृत्व चयन भएको जनाएको छ । अधिकांश क्याम्पसमा मतदान सकिए लगत्तै गणना गरिएको र नतिजाको विवरण आउनेक्रम समेत जारी रहेको जनाइएको छ ।  । पुल्चोक र थापाथली इन्जिनियरिङमा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । केही क्याम्पसमा भने चुनाव रोकिएको जनाइएको छ । निर्वाचन समितिले रोकिएका र स्थगित भएका क्याम्पसमा मतदानको लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन समेत दिएको बताइएको छ । ललितपुरको पाटन संयुक्त क्याम्पस र पोखराको पृथ्वीनारायण क्याम्पसमा निर्वाचन प्रक्रिया शुरू भएपछि रोकिएको थियो । भने पाटन संयुक्त क्याम्पस परिसरमा झडप हुँदा केही विद्यार्थीसमेत घाइते भएको बताइएको छ  । काठमाडौको रत्न राज्यलक्ष्मी क्याम्पस, त्रिचन्द्र र अमृत साइन्स कलेजमा पनि अन्तिम समयमा मतदान अवरुद्ध भएको थियो । पोखराको पृथ्वीनारायण क्याम्पसमा आज चुनाव हुँदैछ । काठमाडौको पद्मकन्या क्याम्पसमा भोलि र त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरमा पर्सि चुनाव गर्ने तयारी भएको जनाइएको छ । त्यस्तै शंकरदेव, सरस्वती, पब्लिक युथ, नेपाल ल, विश्वभाषा क्याम्पसमा चुनाव स्थगित भएको छ । काठमाडौ उपत्यका बाहिरका कतिपय क्याम्पसमा पनि हिजो मतदान स्थगित भएकाले तत्कालै निर्वाचन प्रकृया अगाडी बढाउन निर्देशन समेत दिइएको बताईएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.