प्याब्सनको १६ औँ राष्ट्रिय महाधिवेशन फागुन २६ गतदेखि काठमाडौंमा हुने

Everest Fuji News २०८१ फाल्गुन २० मा प्रकाशित       Published at 2025 Mar 04


 काठमाडौं/


निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनको १६ औँ राष्ट्रिय महाधिवेशन फागुन २६ गतदेखि काठमाडौंमा हुने भएको छ । 

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले सो जानकारी गराएको हो । प्याब्सनको १६ औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा यही यही फागुन २६ र २७ गते हुने बताइएको छ । महाधिवेशनमा प्रतिनिधित्व गर्नका निम्ति बैद्य महाधिवेशन प्रतिनिधिले डिजिटल माध्यमबाट नाम दर्ता गराइसकेको प्याव्सनले जनाएको छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने अध्यक्ष डीके ढुङ्गानाले जानकारी दिनुभएको छ । उहाँले महाधिवेशनमा प्रतिनिधि, पर्यवेक्षक, आतिथि गरि करिव दुई हजार सहभागी हुने बताउनुभएको छ । 

सो सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको समेत अध्यक्ष ढुंगानाले बताउनु भएको छ ।।

 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.