एनआरएन जापान कान्तो क्षेत्रीय समितिले उच्च शिक्षाका लगि जापान आएर आफ्नो पढाई पूरा गरि हाल बिभिन्न जापानिज कम्पनीहरुमा कार्यरत नेपालीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
आगामी २३ अक्टोबर आइतबार गरिने कार्यक्रममा जापानको विद्यार्थी जीवन, चुनौती, अवसरको बारेमा छलफल र उनीहरुको अनुभव सुन्ने र सुनाउने कार्यक्रमको रहेको जनाईएको छ ।
विभिन्न भाषा स्कूल, व्यावसायिक स्कूल, क्याम्पस तथा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले आगामी दिनमा के–कस्ता योजनाहरु बनाएर अगाडि बढ्दा राम्रो हुन्छ भन्नेमा अन्तरक्रिया कार्यक्रम केन्द्रीत हुने एनआरएनए कान्तोका संयोजक प्रकास थापाले जानकारी दिए ।
संस्थाले हाल अध्ययनरत विद्यार्थीहरुलाई बढी भन्दा बढी फाइदा दिलाउनका के–कस्तो तयारी गर्दा राम्रो हुन्छ भन्ने विषयमा महत्वपूर्ण सल्लाह, सुझावका लागि पनि अग्रजहरुलाई अनुरोध गरेको छ ।
साथै दुई चरणमा हुने उक्त कार्यक्रममा पढाई पश्चात नेपाली विद्यार्थीहरुलाई जापानका प्रतिष्ठित कम्पनीहरुमा प्रवेश गर्न प्रोत्साहन र सहयोग गर्ने पनि बताइएको छ ।
(नेपालजापान.कम)