काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि पटक पटक संघर्षमा उत्रिएका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबारबाट आफ्नो नवौं अनसन शुरु गरेका छन् ।
चार बुँदो माग अगाडा. केसी नवौंपटक अनशनमाडि सार्दै डा. केसीले सोमबार अपराह्नबाट अनशन शुरु गरेका हुन् । केसीले आफ्ना सुझावलाई समेटेर चिकित्सा शिक्षा ऐन संसदबाट पाडा. केसी नवौंपटक अनशनमारित गर्नुपर्ने, अख्तियार प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजननारायण सिंहलाई महाअभियोग लगाउनु पर्ने माग राखेका छन् ।
शुल्क निर्धारण समिति खारेज गर्नुपर्ने र यसअघिको सहमति अनुसार आईओएममा वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने, संसदमा विचाराधीन मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिनुपर्ने माग राखेका छन् ।
यसअघि असोज ३ गतेबाट अनसन बस्ने भनेका थिए । तर, सरकारले सहमति कार्यान्वयनको प्रक्रिया शुरु भएको जानकारी गराएपछि डा. केसीले एक साताका लागि स्थगित गरेका थिए ।डौं । चिकित्सा शिक्षा सुधारका लागि पटक पटक संघर्षमा उत्रिएका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबारबाट आफ्नो नवौं अनसन शुरु गरेका छन् ।
चार बुँदो माग अगाडि सार्दै डा. केसीले सोमबार अपराह्नबाट अनशन शुरु गरेका हुन् । केसीले आफ्ना सुझावलाई समेटेर चिकित्सा शिक्षा ऐन संसदबाट पारित गर्नुपर्ने, अख्तियार प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजननारायण सिंहलाई महाअभियोग लगाउनु पर्ने माग राखेका छन् ।
शुल्क निर्धारण समिति खारेज गर्नुपर्ने र यसअघिको सहमति अनुसार आईओएममा वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने, संसदमा विचाराधीन मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिनुपर्ने माग राखेका छन् ।
यसअघि असोज ३ गतेबाट अनसन बस्ने भनेका थिए । तर, सरकारले सहमति कार्यान्वयनको प्रक्रिया शुरु भएको जानकारी गराएपछि डा. केसीले एक साताका लागि स्थगित गरेका थिए ।