चक्रपाणि शर्मा गौतम
अहिलेको बिस्वमा चाणक्यको नाम नसुन्ने या नजान्ने ब्यक्ति शायद कमै होलान।यिनको जन्म प्राचीन भारत तर हालको रावल्पिन्डि, पाकिस्तानको टक्सिला भन्ने ठाऊंमा पिता चणक र माता कर्णेस्वरीको कोखबाट ३७५ बि सि(375 B C) मा भएको थियो।यिनको जन्मको नाम चन्द्रगुप्त या कौटिल्य थियो,पछि यिनले आफ्ना पिताकोनाम सरह आफ्नो नाम चाणक्य राखे। यिनको प्रारम्भिक शिक्षा गुरुकूलबाट प्राप्त भयो। त्यतिबेला संस्क्रित भाषामा पठन-पाठन बढी हुने गर्थ्यो। चाणक्य सानै उमेर देखि पठन पाठनमा तिक्ष्ण थिए, शिक्षकबाट एक पटक सुन्न पाएपछि अर्थात आफुले एक पटक पुस्तक पढ्न पाएपछि यिनलाई पुग्थ्यो। कक्षामा सबै भन्दा जान्नी र चतुर भएका कारण यिनी संग अरु कसैले मुकाबिला गर्न खोज्दैनथे।यिनी अती शिष्टाचारी थिए।जीऊ ढाल सर्लक्कको,कालो बर्ण अग्लोपन,कुकुर्का जस्ता लामा-लामा दांत भएका यिन्को स्वभाब भने ज्यादै रिसाहा थियो।तथापि सत्यबादी, कहिल्यै मिथ्या नबोल्ने, बोलेको कुरा पुरा गरेरै छाड्ने यिनको प्रब्रित्ति थियो।
चाणक्यको ऊच्च शिक्षा प्रचीन भारत तर हाल पाकिस्त्तानको तक्षशिला अर्थात टक्सिला बिस्वबिद्यालयबाट समाजशाश्त्र(Sociology),राजनितिशाश्त्र (Politics),अर्थशाश्त्र (Economics), दर्शनशाश्त्र (Philosophy),आदि बिषयमा गरे।हरेक बिषयमा जेहेन्दार भएकाले ऊनले त्यसै बिश्वबिद्यालयमा जागीर पाए।करीब २ बर्ष जति उनले त्यहा प्राध्यापन कार्य गरे।पछि आफ्ना पिताको अप्रिय घटनाका कारण उनले त्यस ठाउको जागीर बीचमै छोड्नु पर्यो।
चाणक्यले त्यति बेलाको उत्तरी भारतको मौर्यान भन्ने राज्यका पहिला बादशाह चन्द्रगुप्त संग भेट गरे।समयोगबश चन्द्रगुप्तले चाणक्यलाई आफ्नो राज्यको काउन्सेलर पदमा नियुक्त गरे । राम्रो काम गरेर चाणक्यले बादशाहलाई छोटै समयमा प्रभाबित पार्न सफल भए। यिनका पिता चणक मगध राज्यको पतलीपुरका शक्तिशाली राजा नन्दाको राज्यमा प्रधान मन्त्री भएर काम गरिरहेका थिए।यसै बीच बादसाह नन्दा द्वारा चणकको हत्या गराएर यो कुरा कसैलाई थाहा नहोस भनेर म्रित्य शरीर पनि गायब गराइयो। यस घटनाले चाणक्यलाई मर्माहत बनायो। कुटील चाणक्यले यस कार्यको कसरी बदला लिने भन्ने बारे योजना बनाउन थाले। यीनी मगधका बादसाह नन्दासंग रुष्ट थिए। पिताको म्रित्युको प्रतिशोध् लिने दाउपेज यिनको मनमा खेलिरहन्थ्यो। बादसाह चन्द्रगुप्तलाई यस बारे पाठ पढाउदै गरे। चन्द्रगुप्तको अश्त्र बनेर अन्त्यमा शक्तिशाली नन्दालाई त्यस राज्यबाट हत्त्याएर त्यस राज्यको शासन र शक्ति चन्द्रगुप्तलाई सुम्पन सफल भए चाणक्य।त्यस पछि चाणक्य चन्द्रगुप्तको प्रधानमन्त्री बने।बिद्या बुद्धिमा निपूर्ण भएकाले चाणक्यले यस राज्यमा लामै समय सम्म काम गर्ने मौका पाए।चन्द्रगुप्तको शेष पछि तिनका छोरा बिन्दुसराको शासन कालमा पनि यी प्रमुख सल्लाहकार भएर काम गर्ने अब्सर मिल्यो। बिन्दुसरालाई त्यहाको शक्तिशाली शासक बनाउन चाणक्यको भूमिकाअग्रपंतीमा रह्यो, फलत:बिन्दुसराले लामो समय सम्म त्यस ठाउको राज्य चलाए।
चाणक्य तीन बेद र राजनीति शाश्त्रमा निपूर्ण थिए। उनलाई प्राचीन भारतको राजनीति शाश्त्रका आबिष्कारक (Pioneer) भनिन्छ। उनले संस्क्रित भाषामा अर्थशाश्त्र लेखे, जसलाई कौटिल्यको अर्थशाश्त्र भनेर चिनिन्छ।यो अर्थशाश्त्र यस्तो एक शोध-प्रबन्ध थियो जसमा राजनीति शाश्त्र,(Politics) अर्थशाश्त्र,(Economics)सैन्य रणनीति,Millitary Stategy) राज्यका कामहरु, सामाजिक संघ-संस्था साथै राज्य सन्चालनका अन्य बिभिन्न निकायहरुको काम, कर्तब्य,अधिकारको बारेमा बर्णन गरिएको छ। ब्यक्तिको लागि चाणक्य भन्छन--जात, जन्म , समाज, समुदायको बिभिन्नताका बाब्जुद पनि एकले अर्को प्रति सधै राम्रो ब्यबहार गर्नुपर्छ।जन्मे पछि मान्छे एक पटक मर्छ, तर उसले गरेका राम्रा कामहरु कहिल्यै मर्दैनन, युगौ युग सम्म अंमर भै रहन्छन।
चाणक्य एक सन्त थिए। उनले कहिल्यै बिबाह गरेनन,आजीबन अबिबाहित रहे। उनलाई एक सफल योगी पनि भन्ने गरिन्छ। जीबन भरी ब्रह्मचर्यको पालना गर्नि उनीआफ्नो धर्म, कर्ममा कट्टर थिए।कुलीन आचरण पालनामा उनी द्रिढ रहन्थे।चाणक्य प्राचीन भारतका प्रसिद्ध शिक्षक,(Teacher)दार्शनिक,(Philosopher)अर्थशाश्त्री,(Economist) नीतिशाश्त्री,(Ethicologist) राजनीति शाश्त्री,(Political Person) थिए । संस्क्रित भाषामा यिनले लेखेको चाणक्य नीति(Ethics Of Chanakya) नामक कीर्ति अहिले पनि बिश्वबिख्यात छ। यिनले त्यति बेला लेखेका लेखहरु,बिभिन्न पुस्तकहरु,अन्य कीर्तिहरु आजको सन्सारमा अति ब्यबहारिक, पठन-योग्य,शिक्षाप्रद साथसाथै सन्देशमूलक छन र पछिका समयसम्म पनि रहीरहने छन। सत्य,तथ्य,धर्म निष्ठा आदिमा आधारित चाणक्य नीतिले हरेकको मन् जित्न सफल भएको छ।कहिल्यै गल्ती नगर्ने, झुटो नबोल्ने र कसैसंग नडराउने स्वभाबका यिनी कसै सामु कहिल्यै झुकेनन। राजा देखि प्रजा सम्म हरेक तह-तप्काका मानिसहरुको जीबन पद्धतिलाई कर्तब्यबोध र दिशा-निर्देश गर्ने खालका यिनी द्वारा प्रतिपादित ज्ञानगुनमय नीतिहरु पढेर कोही पनि थकानको महसूस गर्दैनन्।यी यस धरतीबाट ९२ बर्षको उमेरमा सदाको लगि बिदा भएर गएको किम्बदन्ति छ,भौतिक रुपले चाणक्य यस धरतीमा नभए पनि यिनको अपार कीर्तिमय कार्यहरुले गर्दा यिनी यस सन्सारमा सधैका लागि अंमर रहीरहने छन भन्ने कुरा निर्बिबाद छ।