के कलीयुगमा भगवानको अवतार हुंदैन र?

Everest Fuji News २०७९ भदौ २९ मा प्रकाशित       Published at 2022 Sep 14



यस ब्रह्माण्डको सृष्टि  भएदेखि अहिलेसम्म सत्ययुग(१७ लाख २८ हजार बर्ष),त्रेतायुग(१२ लाख ९६ हजार बर्ष) र द्वापरयुग(८ लाख ६४ हजार बर्ष)गरी तीनओटा युग बितेर गैसके।अहिले हामी कलीयुग(४ लाख ३२ हजार बर्ष)अन्तरगत छौं।सत्ययुगमा धर्मका चारओटै खुट्टा(सत्य,दया,तप,दान)मज्बुद थिए,दुष्कर्म कतैपनि हुंदैनथ्यो।ब्रह्माले असुर(दानव,दैंत्य,राक्षस,आदि)लाई पाताललोक,मानवलाई भूलोक र देवतालाई स्वर्गलोक भनेर निवासका स्थान तोकिदिएका थिए,त्यसै अनुसार हुंदै समय बित्दै गएको थियो।त्यस युगमा धर्म ज्यादै शक्तिशाली थियो।


जब त्रेतायुग लाग्यो,धर्मको यौटा खुट्टा भांचिएर ऊ तिनखुट्टे हुनगयो।फेरि जब द्वापरयुग लाग्यो,धर्मका दुईटा खुट्टा भांचिन गएर अब ऊसंग बांकी दुई खुट्टा मात्र रहन गए।जब-जब द्वापरयुग पनि ब्यतित भएर कलीयुग लाग्यो,यस अवस्थामा धर्मका तिनओटा खुट्टा भांचिन गएर अब ऊसंग यौटा खुट्टा मात्र बांकी रहन गएको छ,अर्थात यस युगमा धर्म न्यून छ। आजको यस युगका प्रत्येक मानिसमा धन-सम्पत्ति कसरी जोड्ने,साम्सारिक भोग-बिलाष कसरी गर्ने भन्ने मात्र मनसाह रहन गएको पाईन्छ। यस धरतीमा आज मानिसहरु अधिकांशको भित्रि मनमा आसुरी प्रब्रित्तिले बास गरिसकेको प्रतीत हुन्छ।श्रीमद्भगवतगीताको अध्याय ४ को सातौं,आठौं र नवौं श्लोकमा भनिएको छ---


          यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।

   अभ्युत्थानमधर्मस्य तदात्मानं स्रिजाम्यहम |

 परित्राणाय साधूनां बिनाशाय च दुष्क्रिताम्।

धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे।८।

  जन्म कर्म च मे दिब्यमेवं यो वेत्ति तत्वत:।

  त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सो:र्जुन।९।


        भावार्थ:-- हे भरतबंशी अर्जुन!जहिले जहिले धर्मको हानि र अधर्मको ब्रिद्धि हुन्छ,त्यस बखत निश्चय नै म आफ्नो स्वरुपलाई प्रकट गर्छु अर्थात साकाररुपमा अबतरित हुन्छु।साधु-सज्जन पुरुषहरुको रक्षा गर्नका लागि जन्म धारण गर्छु।पापकर्म गर्ने दुष्टहरुको संहार गर्नका लागि र राम्ररी धर्मको स्थापना गर्नका लागि म युग-युगमा प्रकट हुन्छु।हे अर्जुन! मेरो जन्म र कर्म दिब्य एबं अलौकिक छ।यस प्रकार जसले यथार्थरुपमा मलाई जान्दछ,उसले आफ्नो शरीर त्यागेपछि फेरि अर्को जन्म लिनुपर्दैन र मलाई नै प्राप्तगर्छ।हो,धरतीमा अधर्म जब-जब बढ्दैजान्छ,भगवानको आगमन भएर दुष्टहरुको संहार गरी धर्मको पुनस्थापना गरिएका उदाहारणहरु धेरै छन।


यस धरतीमा धर्मको रक्षागर्न बिष्णु भगवानले सबभन्दा पहिले मत्ष्य अवतार लिएर ह्याग्रिभ(शंखासुर) नाम गरेको दैंत्यलाई मारेर चार बेदहरुको रक्षागरे। त्यसपछि क्रमश: कुर्म(कछुवा)अवतार लिएर मन्दराचल पर्वतलाई आड दिएर देवता र दानवद्वारा समुन्द्र मन्थन गरायी अंब्रित पैदा गराएर देवतालाई अंबर बनाए।बराह(सुंगुर)अवतार लिएर हिरणाक्ष्य दैंत्यको बधगरी प्रिथ्वीको रक्षागरे।म नै ईश्वर हुं भनेर धर्मको नाशगर्ने हिरण्यकस्यपुको नरसिंह अवतार लिएर बधगरी धर्मात्माहरुको रक्षागरे।बावन अवतार लिएर बली राजालाई पातालमा पुर्याएर देवताहरुलाई स्वर्गको सिंहाशन फिर्ता गराए। परशुराम अवतार धारण गरेर सहस्रार्जुन जस्ता अहङ्कारी आसुरी प्रब्रित्तिका क्षत्रीयहरुलाई मारेर २१ पटकसम्म प्रिथ्वीलाई क्षत्रीय बिहीन बनाए।रामको अवतार लिएर रावण जस्ता कैयौं दैंत्यहरुलाई मारेर यस धरतीलाई राम-राज्य जस्तो अलौकिक शासन ब्यबस्थाको स्थापना गराए।श्रीक्रिष्णको अवतार लिएर कंश जस्ता कैयन राक्षसहरुको बध गरे,महाभारत युद्ध गराएर अधर्मी र दुष्टहरुको संहार गरायी धरतीमा धर्मको पुनर्स्थापना गराए।बुद्धको अवतार धारणगरी यस धरतीभर शान्ति र अहिंसाको सन्देश फैल्याऊने काम गरे।माथिका यी सबै अवतारहरु प्रतक्ष देख्न सकिनेगरी भएका थिए जसका बिभिन्न द्रिष्टान्तहरु हाम्रा धर्म शास्त्रहरुमा बर्णित छन।जसरी भगवान स्वयंबाट श्रीमद्भगवत्गीतामा उद्घोष भएको छ,यस कलीयुगमा पनि कल्की अवतारको रुपमा भगवानको अवतार भैसकेको छ।फरक यत्ति हो कि हामीले देख्न सक्दैनौं।असुरहरु(दैंत्य,दानव,राक्षस)जसरी अन्य युगहरुमा प्रतक्ष हुन्थे,यस कलीयुगमा त्यसरी नभै उनीहरुको आसुरी पर्ब्रित्तिले मानवको अन्तरह्रिदयमा बास गरेको छ।यो अद्रिष्य छ,यसको प्रभाव मानवको बर्तमान क्रियाकलापबाट बाहिर उजागर हुनेगर्छ।यदि मानवले स्वच्छभावले हे क्रिष्ण!मेरो रक्षा गर'' भनेर पुकार गर्ने हो भने सहयोगका लागि भगवान त्यस मानवको सामुन्ने आएर उभिन्छन,कुरा यत्तिमात्र फरक हो कि हामीले भगवानलाई

प्रस्तुती: चक्रपाणि शर्मागौतम



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.