उनी मेरी जिवनसाथी मात्र नभई, भववान पनि हुन्

Everest Fuji News २०७७ असार २१ मा प्रकाशित       Published at 2020 Jul 05



-कविकिरण न्यौपाने

सुःख दुःखमा कहिलैं  साथ नछोडने कसम खाएर एक भएका थिए उनिहरु । सायद त्यसैले श्रीमान् आफ्नी श्रीमति अनि लालाबालालाई छोडेर धन कमाउन मलेसिया पुग्छन । काम गर्ने क्रममा स्वास्थ्यमा समस्या आएपछि केहि समयपछिनै नेपाल फर्कन वाध्य हुन्छन उनि । यो कथा गैंडाकोट नगरपालिका वडॉ नं.  १ का  गोविन्द्र कँडेलको हो । आर्थिक अवस्था कमजोर भएर रोजगारीको लागि मलेशिया गएर नेपाल फर्के पछि जव काठमाडौंमा उनको स्वास्थ्य परिक्षण भयो तब मात्र थाह भयो कि उनको दुवै मृगौला फेल भईसकेको  रहेछ।



ऋण गरेर खर्च जुटाउदै श्रीमतिले यौट्टा गृगौला दिएपछि गोविन्द्रले पुनरजिवन  पाएका छन्। गोविन्द्र भन्छन उनि मेरी जिवनसाथी मात्र होईनन्, भगवान भएर आएकीछिन्  । गैंडाकोटको कालिका मन्दिर फेदीमा सामान्य घर भएको उनको परिवारलाई यति वेला थप पिडा थपिएको छ । गृगौला फेरेपछि गुजारा चलाउन कँडेल  श्रीमति संगै कालिका मन्दिरकै फेदिमा एक टहरोमा पूजा सामाग्रीको सानो पसल चलाउन लागे। तर यतिवेला कोरोना भाईरसका कारण लकडाउनको अवस्था छ , मानिसहरुको चहलपहल नभएपछि ३ महिना देखि उनको उक्त पसल पनि बन्द हुन पुग्यो। 


खान लाउन पनि धौं -धौं हुने हाम्रो परिवारमा यत्रो  ब्रज्रपात भयो , महिनाको १५- २० हजार श्रीमानको औषधी खर्चमा जान्छ , भावुक हुँदैं सुनिताले भनिन  । ६वर्षकी एक छोरी र २ वर्षको एक छोरा छन् , मैले श्रीमान् लाई मृगौला दिएपनि मेरो स्वास्थ्यमा त समस्या छैन, तर के गर्नु आर्थिक अभावका कारण जिवन धान्ननै  मुस्किल छ सुनिता भन्छिन । हामीहरु यतिबेला यति ठूलो समस्यामा छौं  , तपाईहरुको सानो मात्र सहयोग पनि हाम्रा लागी ठूलो हुन्छ , त्यसैले सबैमा सहयोगका लागी कँडेल दम्पत्तीले  अनुरोध गरेका छन्।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.