चिसाङ्ग शेर्पा
भदौ ÷०२ खोटाङ्ग
स्थानियस्तरका साँस्कृतिक कार्यक्रममा आफ्नो अन्र्तआत्माबाट प्रस्फुटन हुने सृजनालाईे स्टेज सो गराउँदै कलाकारिताको अभ्यास गरीरहेका नव कलाकार हुन योगिन राई । गाँउघरमा हाँस्यब्यङग्य क्षेत्रमा क्रियाशिल रार्ई यतिबेला कलाकारिताको नशालाई नेपालकै पहिलो एभरेष्ट फिल्मी एकेडेमी काठमाडौमा पुरा गर्न दिनरात कसरत गरिरहेका छन् । खोटाङ्ग दिक्तmेल नगरपालिका ८ का २२ बर्षिय उनलाइ आफुभित्र भएको हाँस्यब्यङग्य कलाले अभिनयको बाटो पहिल्याउँदै राजधानीसम्म पु¥याएको छ । प्रबेशिका परिक्षा उतिर्णसंगै कलाकारिता क्षेत्रममा रुचि भएका उनले सदरमुकाम दिक्तmेलमा लाग्ने स्थानिय मिनीमेलामा आयोजित कार्यक्रममा चर्चित कलाकार सिताराम कट्टेल धुर्मुसको अभिनय गरी दर्शक तथा राष्ट्रिय कलाकार दमन रुपाखेती,सुरेन्द्र केसी मुलासागलाई आफ्नो प्रस्तुतीले लोभ्याए । कलाकारद्घय केसी र रुपाखेतीको हौसला नै आफ्नो कलाकारिताको टर्निङ्ग प्वाईन्ट भएको नव कलाकार योगिन बताउँछन् ।
बिभिन्न नेता,कलाकार र समसामयिक बिषयबस्तुलाई हुँ–बहुँ अभिनयमा देखाउन तथा सुनाउन सक्ने क्षमता भएका उनले ०७० फागुन महिनादेखी जनसेवा समाज नेपालको बैदेशिक रोजगार सम्बन्धी चेतनामुलक नाटक “कथा बिदेशको” ४६ गाविसमा प्रस्तुती गरी जिल्लामा आफ्नो अलग परिचय बनाएका थिए । उनकै पहलमा दश समिती गठन गरी जिल्लामा भ¥याङ नाट्य समुह नामक संस्था दर्ता गराए । समुदायमा नाटकको माध्यमबाट शिक्षा दिन सुरु गरेका योगिन तथा नाट्य समुहले जिल्लाका दिक्तmेल,अर्खौले, बुईपा, खार्मी,रतन्छा लगायतका गाबिसमा मान्छेको मन,झुपडीको ब्याथा,हामी सबै एकै हौं,देशको मुटु दुखेको छ नामक नाटक प्रर्दशन गरी नब कलाकारको पहिचान बनाउँदै आएका उनले आफुमा भएको कलाकारितलाई माथी उठाउन जोड दिएको बताउँछन् । तीनबर्ष मोफसलमा रहेर आफ्नो कलाकारिता उजागर गरी आम दर्शकका मन जित्न सफल उनलाई गएको बुधबार जिल्लामा सुरक्षित आप्रावासन परियोजना (सामी) र बालसेवा समाज नेर्पा, खोटाङले सम्मानपत्र तथा नगदसहित सम्मान गरेका छन ।
एभरेष्ट फिल्मी एकेडेमी संस्था काठमाडौले अधिराज्यब्यापी रुपमा सञ्चालन गरेको नब कलाकार छनौट परिक्षा पास गरी राजधानीस्थित एभरेष्ट फिल्मी एकेडेमीमा एकबर्षको अभिनय कक्षा लिईरहेका पत्रकार तथा कलाकार योगिन भन्छन् जिल्ला तीनबर्ष नाटक गरेको अनुभवले आफुलाई अभिनय सिक्नमा अझै सहज भएको छ । अबको बाँकी जिबन कलाकारिताम बिताउने छु यसैले जिन्दगी चलाउने छु ।