काठमाडौं । चलचित्र ‘फाटेको जुत्ता’ निर्माण युनिटले राजधानीको ट्राफिक व्यवस्थापनमा सहयोग गरेको छ । ‘फाटेको जुत्ता’ का निर्माता अर्जुन कुमारले महानगरिय ट्राफिक प्रहरी महाशाखाका डीआईजी सर्वेन्द्र खनाललाई ट्राफिक व्यवस्थापनमा आवश्यक पर्ने सामाग्री सोमबार हस्तान्तरण गरे ।
निर्माता कुमारले ‘गो’ र ‘स्टप’ लेखिए ३५ वटा साइन बोर्ड हस्तान्तरण गरेको बताए । निकेश खड्का निर्देशित ‘फाटेको जुत्ता’ मा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन् ।
‘फाटेको जुत्ता’ कात्तिक १७ शुक्रवार गतेबाट अल नेपाल प्रदर्शन हुँदैछ भने जापानमा २ दिन पछी नोबेम्वर ५ तारिख आईतवार टोकियोको मेगुरो कुमिन सेन्टरमा हुँदैछ ।
टोकियो टिभीका कार्यकारी अधिकृतका रोशन कार्कीका अनुसार ओशाका , फुकुओका र नागोयामा पनि प्रदर्शनको तयारीमा रहेको जानकारी दिए ।