जापान,कोबे । प्रत्येक बर्ष गरिदै आएको कोबे पेरु फेस्टिवल यस बर्ष पनि भब्य रुपमा सम्पन्न भएको छ.
कोबेको कोबेशी किनरोउ खाइकान को हलमा सम्पन्न भएको कार्यक्रमलाई पेरुका लागि जापान नागोया कन्सुलेटका कन्सुलर गुस्तावो पेना चमोट ले उद्घाटन गर्दै जापान पेरुको बिचको एतिहासिक सम्बन्ध लाइ प्रगाढ पार्न जापानको एतिहासिक सहरमा बिगत आठ बर्ष देखि आयोजना हुदै आएको यो पर्ब दुइ देसको लागि प्रभावकारी हुदै आएको प्रस्ट पार्नु भयो.
कान्साई निवासी पेरु का नागरिक हरुको समुहले पेरु राजदुताबासको सहयोग र पेरु संग सम्बन्धित संघ संस्थाहरुको सहकार्यमा आयोजना गरिएको फेस्टिवल लाइ संसार भरि सस्तो भरपर्दो र छिटो पैसा पठाउन मिल्ने क्योउदाइ रेमिटेन्स ले बिसेष प्रयोजन गरेको थियो.
कार्यक्रममा अतिथिको तर्फबाट बोल्दै एन आर एन कान्साईका निबर्तमान संयोजक नरेन्द्र बस्नेत ( दिनेश ) ले हिमाल पहाड लगायतको प्राकृतिक सौन्दर्यले भरिएको दुवै देश नेपाल र पेरुको सम्बन्ध को चर्चा गर्दै जापानमा बिदेसिले भोग्नु पर्ने समस्याहरु धेरै हदसम्म मिल्दा जुल्दा भएका र आगामी दिनमा एक अर्काको अनुभब साटासाट गर्दै बिदेसी भूमिमा पर्ने समस्याको निराकरण को लागि आपसी सहयोग बाट अगाडी बढ्न आजको यो फेस्टिवल ले पुलको काम गरेको जानकारी गराउनु भयो.
(दिनेश बस्नेतको सहयोगमा)