असोज,८ काठमाडौं।संस्थाको हित अनुकुल काम नगरेको भन्दै साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्मा बर्खास्त भएका छन्।शिक्षा मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णयले संस्थाको हित अनुकुल काम नगरेकाले शर्मालाई बर्खास्त गरिएको हो।
शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालका अनुसार शर्माको साझा प्रकाशनको सञ्चालक समितिको सदस्यता अन्त्य गरी अध्यक्ष र महाप्रवन्धकबाट पदमुक्त गरिएको छ।साझामा अनियमितता भएको खबरहरु आएपछि मन्त्रालयले छानविन समिति गठन गरेको थियो।शर्मालाई तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवले २०७१ सालमा साझाको महाप्रवन्धक नियुक्त गरेकी थिइन् ।