जापानको सीपीआई बढ्यो

Everest Fuji News २०७४ भदौ १३ मा प्रकाशित       Published at 2017 Aug 29


टोकियो (जापान) । सन् २०१७ को जुलाई महीनामा जापानको उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति (सीपीआई) बढेको छ । जुनमा भने मूल्य वृद्धिको गति केही गुमेको थियो । गत महीना जापानको कोर सीपीआई अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ४ प्रतिशतले बढेको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बताएको छ । यसमा ताजा खाने कुराको भाउ समावेश गरिएको छैन । जुनमा भने सीपीआई शून्य दशमलव ४ प्रतिशतले बढेको थियो । जुनमा शून्य दशमलव ८ प्रतिशतले बढेको खाने कुराको भाउ गत महीना भने शून्य दशमलव ६ प्रतिशतले उकालो लागेको थियो । सो अवधिमा युटिलिटको लागतमा भएको ४ दशमलव ३ प्रतिशतको वृद्धिका कारण खाने कुराको भाउ बढ्न टेवा पुगेको हो । एजेन्सी


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.