Everest Fuji News२०७४ भदौ १३ मा प्रकाशितPublished at 2017 Aug 29
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा हुण्डी कारोबार गर्ने ७ जनाविरुद्ध रू. ४ अर्ब १४ करोडको बिगो दाबीसहित सोमवार मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले सो राशिको बिगोसहित दलबहादुर पुन, लवकुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङविरुद्ध मुद्दा दायर गरेको विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले जानकारी दिए । डेढ वर्षअघि काठमाडौं प्रहरीले सुनधाराको जेबो ट्राभल्समा छापा मारी रू. १२ लाख विदेश पठाउन लागिएको हुण्डी रकम जफत गरेको थियो । हुण्डीसहित कम्पनीबाट कामदार पुन र नेपाललाई पक्राउ गरिएको थियो । सो ट्राभल्सका मालिक मिलन र धरमले विदेशमा बसेर हुण्डी कारोबार गर्ने गरेका थिए । अहिले पनि उनीहरु फरार छन् । प्रहरीले छापा मार्दा ट्राभल्सबाट राजेन्द्र र विद्यादेवीका नाममा काटिएको रू. ५० लाखको चेकसमेत जफत गरेको थियो । रासस