अविरल बर्षापछिको पहिरो र डुबानका कारण तरकारीको भाउ अकासियो

Everest Fuji News २०७४ श्रावण ३१ मा प्रकाशित       Published at 2017 Aug 15


सुनसरी । अविरल बर्षाका कारण गएको पहिरो र डुबानका कारण अहिले तरकारीको भाउ आकासिएको छ । गत शुक्रबारदेखि ५ दिनसम्म परेको अविरल बर्षाले कोशी राजमार्गको बाटो भत्काएको र तराई क्षेत्रमा भएको डुबानका कारण सवारी आवागमन नै ठप्प भएपछि दैनिक उपभोग्य बस्तुको भाउ आकाशिएको हो । हरिया सागसब्जी लगायतका तरकारीजन्य सामानको भाउ आकासिएसंगै सर्वसाधारणलाई दैनिकी गुजारा गनै कठिन परेको छ । विगतमा होलसेल ४० रुपैया र ६० रुपैया खुद्रा मूल्यमा पाइने टमाटर बाढीले क्षति पु¥याएसगै प्रतिकेजी १ सय २० देखि १ सय ४० रुपैया मूल्य तिरेर किन्नु पर्ने बाध्यता छ । यस्तै विगतमा प्रतिकेजी ५० देखि ६० रुपैया होलसेल रेट र ७० देखि ८० रुपैया खुद्रा दरमा पाइने फूलकोपी अहिले १ सय ३० देखि १ सय ४० रुपैयामा किनेर सर्वसाधारण खान बाध्य छन् । यी मात्र नभई अहिले बजारमा सुख्खा तरकारीको रुपमा लिइने आलु, प्याज, लसुन लगायतका सामग्रीका मूल्य आकासिएको छ । तरकारीको मूल्य आकाशिएपछि आम उपभोक्ता समस्यामा छन् । यता होलसेल तथा खुद्रा व्यापारीहरुले भने बर्षादका कारण पहाडमा पहिरो खसेको र तराईमा डुबानमा परेका कारण सडक अवरुद्ध भएका कारण बढी ढुवानी पर्ने भएकै कारण पनि सब्जीजन्य सामग्रीको मूल्य बढेको बताउनेगरेका छन् । धरानमा पहाड तथा तराईबाट १ सय २५ मेट्रिक टन हरियो सब्जी धरान भित्रिने गरेको कृषि उपज बजार सञ्चालक समितिले जनाएको छ । आयात भएमध्ये ४० प्रतिशत अर्थात ५० मेट्रिन तरकारी धरानमै खपत हुने र अन्य नेपालका विभिन्न स्थान तथा भारतसम्म जाने कृषि उपज बजार सञ्चालक समितिले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.