शेष घले दम्पती अष्ट्रेलियाको धनाढ्य सूचिमा चार स्थान माथि उक्लिए

Everest Fuji News २०७४ जेठ १२ मा प्रकाशित       Published at 2017 May 26


काठमाडौं—अष्ट्रेलियाली धनीहरुको सूचिमा शेष घले दम्पती गत वर्षभन्दा चार स्थान माथि उक्लिएका छन्। ६ करोड १० लाख डलर सम्पत्ति बढाउँदै उनीहरु सन् २०१७ को अष्ट्रेलियाली धनीको सूचिमा १०१ स्थानमा परेका छन्।

अघिल्लो वर्ष उनीहरुको सम्पत्ति ५८ करोड ६० लाख डलर रहेकोमा यो वर्ष १० प्रतिशत वृद्धि भएको हो। अष्ट्रेलियामा धनाड्यको सूचि प्रकाशन गर्ने फाइनान्सियल रिभ्यु म्यागेजिनकाअनुसार घले दम्पतीसँग अहिले ६४ करोड ७० लाख डलर बराबरको सम्पती छ।

उनीहरुको स्वामित्वको एमआइटी ग्रुप होल्डिङ्सले सन् २०१५ मा मेलबर्नस्थित भिक्टोरिया मार्केट नजिकैका दुई टावर निर्माणका लागि स्वीकृति पाएको छ। ती टावरमा ४७० अपार्टमेन्ट तथा २१० कोठाको होटल निर्माण गर्न अष्ट्रेलियाली सरकारले स्वीकृति दिएको छ।

विश्वभरि छरिएका नेपालीहरुको छाता संस्था गैर आवासीय नेपाली संघका अध्यक्ष समेत रहेका शेष घलेको मुख्य लगानी मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), रियल स्टेट एवं होटल क्षेत्रमा छ। मेलबर्नस्थित एमआईटीमा विभिन्न मुलुकका करिब ४ हजार विदेशी विद्यार्थी अध्ययनरत छन्। लम्जुङमा जन्मिएका शेष र जमुना उच्च शिक्षाका लागि सन् १९९१ अष्ट्रेलिया पुगेका थिए।

'कडा मिहिनेत र भाग्यले धेरै कुरा निर्धारण गर्ने हो', जमुना भन्छिन्, 'हामी अष्ट्रेलियाको धनीको सूचिमा परे पनि नेपाल बिर्सन सक्दैनौं। यहाँ लगानी गर्न पाउँदा हामीलाई अत्यन्त खुशी लाग्छ।'



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.