करोडौ अवैध रकमसहित ६ जना चिनियाँ पक्राउ

Everest Fuji News २०७४ बैशाख २७ मा प्रकाशित       Published at 2017 May 10


काठमाडौं : महानगरीय प्रहरी अपराध महाशाखाले करोडौ अवैध रकमसहित ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। महाशाखाको विशेष टोलीले बुधबार बिहान राजधानीबाट केरुङ नाका हुँदै चीन जान लागेका एक पुरुषसहित पाँच महिलालाई नागढुंगा नाकाबाट पक्राउ गरेको हो। महाशाखाका एसपी प्रकाशजंग कार्कीले विभिन्न देशका मुद्रासहित ६ जना चिनियाँ नागरिक पक्राउ परेको पुष्टी गर्नुभयो। पक्राउ परेका चिनियाँमा एक पुरुष र पाँच महिला छन्। मायो आइनवान पुरुष हुन् भने फाङ युन स्याङ, चङ सुयाङ, चाओ चियाङचन, सिया सिउन, इल्यू सियाओ महिला हुन्। प्रहरीले चिनियाँले झोला, थर्मस, जुत्तालगायत शरीरका विभिन्न भागमा लुकाएर लान लागेको डलर तीन लाख ४९ हजार, युरो ६८ हजार, चिनियाँ १७ हजार सात सय, जापानी ३१ लाख ३० हजार, स्वीस २२ सय, अष्ट्रेलियन डलर १४ सय, पाउण्ड स्ट्रलिङ ११ सय र नेपाली २४ हजार पाँच सयसहित कुल चार करोड ७५ हजारसहित ६ चिनियाँलाई पक्राउ गरेको हो। यसअघि पनि ठूलो रकमसहित केही चिनियाँ नागरिक पक्राउ परेका थिए। एसपी कार्कीले अवैध रकमसहित पक्राउ परेका चिनियाँमाथि अनुसन्धान भइरहेको जानकारी दिनुभयो। चिनियाँले कसरी विभिन्न देशको रकम अवैध चीन लान लागेका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.