धुर्मुश सुन्तली फाउन्डेशनका लागि सबै भन्दा दयालु सिटी एक्स्प्रेसका महेश कुमार श्रेष्ठ , कर्माचारीले पनि थप ४ मान आर्थिक सहयोग गरे -

Everest Fuji News २०७४ बैशाख २२ मा प्रकाशित       Published at 2017 May 05


सनराइज कर्पोरेशनको निमन्त्रणामा जापान आएका धुर्मुस सुन्तली फाउन्डेसनलाई रेमिट्यान्स सेवा प्रदायक कम्पनी सिटी एक्स्प्रेस मनी ट्रान्सफरले १४३ मान अर्थात करिब १४ लाख नेपाली रुपैया आर्थिक सहयोग गरेको छ । जसमा ४ मान (करिब ४० हजार रुपैया ) रेमिटमा कार्यरत कर्मचारीले पनि थप सहयोग गरेका छन । करिव १४ लाख 'धुर्मुश सुन्तली साझमा -२०१७' कार्यक्रममा सहभागीले डोनेशन बक्समा हस्तान्तरण गरेको  रकम बराबर त्यसको डबल आर्थिक सहयोग गर्ने सिटिका निर्देशक महेश श्रेष्ठले घोषणा गरेका थिए । कार्यक्रममा घोषणा गरेको तेस्रो दिनमा भएको च्यारिटी डिनरमा उक्त रकम सुन्तलीको जोडीलाई हस्तान्तरण गरेका हुन । सिटिले आर्थिक सहयोग सँगै सहयोग गर्नेमा नेपालबाट जापानको एक ट्रेड फेयरमा भाग लिन आएका पश्मिना व्यवसायी, एभरेष्ट फुजी न्युज डट कम, बार्काडे रेस्टुरेन्टमा कार्यरत कर्मचारी तथा लगानीकर्ताले पनि फाउन्डेशनको लागि थप आर्थिक सहयोग गरेका थिए । साथै धुर्मुस सुन्तली साँझमा सिटी एक्सपे्रसले एक लक्की ड्र सर्वजनिक गरेको थियो । लक्की ड्रमा परेका ३० जना सहभागिहरुले १२ पटक सम्म निशुल्क नेपाल पैसा पठाउन पाउने भएका छन् । साथै धुर्मुस सुन्तली साँझमा सिटी एक्सपे्रसले एक लक्की ड्र सर्वजनिक गरेको थियो । लक्की ड्रमा परेका ३० जना सहभागिहरुले १२ पटक सम्म निशुल्क नेपाल पैसा पठाउन पाउने भएका छन् । लक्की ड्र मार्फत सिटी ट्राभल एण्ड सिटी रेमीटको तर्फबाट रमेश केसीले नेपाल जाने आउने दुइतर्फी हवाई टिकटको विजेता बनेका छन् । विजेता केसीलाई सिताराम कट्टेल (धुर्मुस) , सिटी एक्सपे्रसका अध्यक्ष महेश श्रेष्ठ तथा सिटी ट्राभलका म्यानेज दिनेश केसीले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका छन् । सिटी एक्सप्रेसले विशेषगरी कतार, साउदी अरब, दुबई, मलेशिया, जापान, अमेरिका, जोर्डन, बेलायत लगायत रेमिटान्स पठाउने कार्य गर्दै आएको छ । साथै सो कार्यक्रमको हेर्नु हुने सबैजनाले टिकट लिएर आएमा १ पटक फ्रीमा नेपाल पैसा पठाउन सकिने समेत बजार प्रतिनिधि पसुपती भण्डारीले जानकारी दिए ।  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.