- काठमाडौं : नेपालका प्रमुख पर्यटकीय गन्तव्य तथा विभिन्न क्रियाकलाप समेटिएको नेपाल पर्यटन बोर्डको मोबाइल एप 'वेलकम नेपाल' सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटकलाई लक्षित र मुलुकको पर्यटन पवद्र्धन गर्ने उद्देश्यले मोबाइल एप विकास गरिएको हो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले मोबाइल एप सुरु चरणको रहेको र यसलाई विभिन्न प्रविधिमा विकास गरिँदै लगिने बताउनुभयो । यस एपलाई एक पटक एप डाउनलोड गरिसकेपछि इन्टरनेटबिना पनि प्रयोग गर्न सकिनेछ । सरल र सहज रूपमा हात हातमा पुग्नु र अद्यावधिक सूचना र जानकारी प्रदान गर्ने हुनाले यसको उपयोगिता बढ्ने देखिन्छ । मोबाइल एपमा नेपालका अधिकांश पर्यटकीय गन्तव्य, ट्रेकिङ रुटलगायत पर्यटनसँग सम्बन्धित सम्पूर्ण जानकारी प्राप्त गर्न सकिनेछ । मोबाइल एपमा नेपाली पर्यटनको बारेमा सम्पूर्ण जानकारी राखिएको हुँदा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेमा बोर्ड विश्वस्त छ । हाल यो एन्ड्रोइड भर्सन गुगल प्ले स्टोरमा उपलब्ध छ ।