एक वर्षभित्र १८ हजारलाई रोजगारी : उद्योग मन्त्रालय

Everest Fuji News २०७४ बैशाख ४ मा प्रकाशित       Published at 2017 Apr 17


काठमाडौं । उद्योग मन्त्रालयले एक वर्षभित्र १८ हजारलाई प्रत्यक्ष रोजगारी दिन सक्ने गरी योजना बनाइएको जनाएको छ । सोमबार उद्योग मन्त्रालयले व्यवसायी लगाएत सरोकारवाला निकायसँग गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगमन्त्री नविन्द्रराज जोशीले औद्योगिक सुशासन कायम गर्न सक्ने हो भने वर्षमा एक खर्ब वैदेशिक लगानी भित्र्याउन सकिने र त्यसले १८ हजारलाई रोजगारीको अवसर सृजना गर्न सकिने बताउनुभयो । उद्योग मन्त्रालयले दश वर्ष भित्र कुनै पनि नागरिकलाई विदेश जान नपर्नेगरी रोजगारीको अवसर सृजना गर्ने योजना अघि सारेको छ । मन्त्री जोशीले सरकारले औद्योगिक लगानी भित्रयाएर मुलुकलाई समृद्ध बनाउने अभियानलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाले १० वर्ष भित्र कुनै पनि नेपालीले कामको खोजीमा विदेश जान नपर्ने गरी सरकारले योजना बनाईरहेको पनि जानकारी दिनुभयो । उद्योग मन्त्रालयले बैदेशिक लगानी भित्रयाउनका लागि नीतिगत तथा संस्थागत सबै व्यवस्था गरिएको जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.