यो वर्ष आर्थिक वृद्धिदर ६.२ प्रतिशतसम्म हुने एडीबीको प्रक्षेपण

Everest Fuji News २०७३ चैत्र १५ मा प्रकाशित       Published at 2017 Mar 28


काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०७३/०७४ मा कुल गाह्रस्थ उत्पादन वृद्धिदर ५.२ देखि ६.२ प्रतिशतको बीचमा रहने संशोधित प्रक्षेपण सार्वजनिक गरेको छ । गत वर्ष चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन वृद्धिदर एडबीबीले ४.८ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । तर , मौसमका कारण देशको कृषि उत्पादनमा वृद्धि हुनुुका साथै देशमा भूकम्पपछिको पुनर्निर्माणले पनि गति लिएका कारण पूर्वअनुमान गरिएभन्दा समग्र आर्थिक परिदृश्य राम्रो देखिएको एडीबीले जनाएको छ । रासायनीक मलको सहज उपलब्धता र औसतभन्दा बढी मौसमी वषर्ात भएका कारण देशको आर्थिक स्थितीमा सुधार आउने देखिएको छ । साथै विद्युत आपुर्तिमा आएको उल्लेख्य सुधारका कारण पनि देशको आर्थिक परिदृश्य आशा लाग्दो भएको एडीबीको भनाइ छ । अनुमान सच्चियो मंगलबार एक पत्रकार सम्मेलन गर्दै नेपालका लागि एडीबीका प्रमुख अर्थबिद् शरद भण्डारीले भने ‘सामान्य अवस्थामा फर्केको ब्यापार, लोडसेडिङमा आएको कमी र भूकम्प पछिको पुनर्निर्माणले लिएकेा गतिका कारण यसवर्ष देशको आर्थिक परिदृश्य आशालाग्दो देखिएको छ ।’ गतवर्ष भने एडीबीले पुनर्निर्माण तीव्र गतिले अघि बढेमा र मनसुन सपि्रनुका साथै राजनीतिक स्थायीत्व भएमा ४.८ प्रतिशतले कायम हुने एडीबीले अनुमान गरेको थियो । तर स्थिती एडबीले अनुमान गरे भन्दा पनि राम्रो देखिएको छ । तर चालु आर्थिक वर्षको ६ महिनामा बजेट खर्चको कार्यसम्पादन भने उत्साहजनक नरहेको एडीबीको भनाइ छ । मासिक खर्चको प्रबृत्ति गत वर्षको जस्तै रहेको र यसमा सुधार आउन नसेकेको देखिएको छ । मुद्रास्फीति पनि घट्दै गएकेा देखिएको छ । चालु आर्थिक वर्षमा मुद्रास्फीति औसतमा ५.८ प्रतिशतमा रहेको एडीबीले जनाएकेा छ । आर्थिक वर्ष २०७२/०७३ को छ महिनामा कुल गार्हस्थ उत्पादन बृद्धिदर ९.४ प्रतिशत रहेको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.