Everest Fuji News२०७३ चैत्र २ मा प्रकाशितPublished at 2017 Mar 15
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा छैटौं नेपाल अन्तराष्ट्रिय व्यापार मेला बिहीबारबाट काठमाडौंमा सुरु हुने भएको छ ।
काठमाडौंको भृकुटिमण्डपमा चल्ने मेला ७ चैतसम्म चल्ने आयोजकले जनाएको छ ।
मेला नेपाल सरकार÷वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आयोजना गरिएको हो । महासंघको सदस्य नेपाल हस्तकला महासंघ, नेपाल जडीबुटी उत्पादक संघ तथा हिमाली आयोजना यस वर्षको मेलाको सहआयोजक रहेका छन् । यस वर्ष मेलामा चीन, भारतलगायत बंगलादेश, पाकिस्तान, थाइल्यान्डलगायत देशका कम्पनीहरूको सहभागिता रहनेछ भने जापान, कोरिया, थाइल्यान्डलगायतका देशहरूबाट खरिदकर्ताहरूले अवलोकन गर्नेछन् । मेलामा चीनका ८५, भारतका १०, पाकिस्तानका २०, बंगलादेशका ५०, थाइल्यान्डका दुईवटा स्टल रहनेछन् । मेलामा ३५ वटा स्टलमार्फत नेपाली जडीबुटीका उत्पादनहरू प्रदर्शन गरिनेछ ।
मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टिलका छुट्टाछुट्टै स्टलहरू रहनेछन् । साथै महासंघका कृषि उद्यम केन्द्रअन्तर्गतको हिमाली आयोजनाका ७० वटा स्टलमार्फत कृषि उत्पादनहरूको प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।