एसएलसी परीक्षाभर देशरभर लोडसेडिङ नहुने

Everest Fuji News २०७३ फाल्गुन २३ मा प्रकाशित       Published at 2017 Mar 06


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी माध्यमिक शिक्षा परीक्षा (एसएलसी) परीक्षाभर देशरभर लोडसेडिङ नगर्ने भएको छ । चैत १ देखि १४ गतेसम्म विहान बेलुकाको पिक आवरमा लोडसेडिङ नगर्ने गरी तयारी अघि बढाइएको हो । यसका लागि प्राधिकरणले आन्तरिक तयारी गरिरहेको छ । अहिले काठमाडौं, पोखरा र चितवनमा लोडसेडिङ नभएपनि अन्य ठाउँमा आंशिक लोडसेडिङ छ । माध्यमिक शिक्षा परीक्षामा विद्यार्थीलाई सहज होस् भन्ने उद्देश्यले विहान र बेलुका लाइन नकाट्ने गरी तयारी अघि बढाइएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘बिहान र बेलुका परीक्षा अवधिभर लोडसेडिङ नहोस् भनेर हामीले सबैको सहयोगको अपेक्षा गरेका छौं’ प्रवक्ता अधिकारीले भने । प्राधिकरणले सो अवधिमा विद्युत खपत कम गरेर सहयोग गरिदिन आग्ह गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले होटलहरुलाई चैत १ देखि १४ गतेसम्म बेलुका ६ बजेदेख ९ बजेसम्म जेनेरटर चलाएर कम बिजुली खपत गरिदिन अपील गरेको छ । त्यसैगरी घरायसी उपभोक्तालाई पिक अवारमा धेरै बिजुली खपत हुने आइरन, रुम हिटर, इमर्सन हिटर, इन्डक्सन चुल्हो, पानी तान्ने पम्प, एयर कन्डिसनर, गिजर र वासिङ मेसिन नचलाइदिन आग्रह गरेको छ । त्यसैगरी उद्योगहरुलाई पनि पहिलेकै निर्देशनअनुसार आवश्यक बैकल्पिक ब्यवस्था गरिदिन आग्रह गरिएको छ


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.