माथिल्लो साङ्जेन आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न
Everest Fuji News२०७३ फाल्गुन २३ मा प्रकाशितPublished at 2017 Mar 06
रसुवा । रसुवाको चिलिमेमा निर्माणाधीन माथिल्लो साङ्जेन जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भएको छ ।
१४ दशमलव ८ मेगावाट क्षमताको आयोजनाअन्तर्गत प्रारम्भिक १ हजार ३ सय मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको हो ।
सन् २०१२ देखि निर्माण सुरु भएको आयोजनाको काम भूकम्प र नाकाबन्दीका कारण प्रभावित भए पनि अहिलेसम्म ५० प्रतिशत सम्पन्न भइसकेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । निर्माणले गति नरोकिए सन् २०१८ को जुनसम्म २ अर्ब २४ करोड रुपैयाँ लागतमा आयोजना पूरा हुने बताइएको छ ।