सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्नसके बेरोजगारी घटाउन सकिने

Everest Fuji News २०८१ माघ २० मा प्रकाशित       Published at 2025 Feb 02


वागलुङ/


 वागलुङमा इला कम्फोर्ट होटलको शुभारम्भ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्नसके बेरोजगारी घटाउन सकिने बताउनुभएको छ ।

 उहाँले अहिले बाध्यतावह विदेशिनुपरेको यथार्थलाई हटानउ स्वदेशमै रोजगारका अवसर सिर्जना गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन आवश्यक रहेको बताउनु भयो । उहाँले अध्यादेशमार्फत परिवर्तन भएका कानूनहरुको सही कार्यान्वयन जरुरी रहेको बताउनु भयो । 

अध्यक्ष ढकालले नेपालकै पुँजी परिचालन गरेर ठूलो आयोजना सम्पन्न गर्नसकिन्छ भन्ने उद्देश्यकासाथ आफूहरु अघि बढेको बताउनु भयो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.