आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरका विभिन्न स्थान डुबानमा

Everest Fuji News २०८२ असार १६ मा प्रकाशित       Published at 2025 Jun 30


काठमाडौं /


आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरका विभिन्न स्थान डुबानमा परेको प्रहरीले जनाएको छ ।

सो जिल्लाका विभिन्न स्थानमा गरी सोमबार साँझसम्म १५ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । वर्षापछि आएको बाढीले जिल्लाको कृष्णपुर नगरपालिका ५ र ७ मा केही परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो कृष्णपुर नगरपालिका–५ स्थित स्थानीय आरती विकको परिवारलाई सुरक्षित स्थानमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनु भएको छ । यसैगरी, कृष्णपुर नगरपालिका ७ का ७३ वर्षीया कमला पार्की र उहाँका १४ वर्षीय नातिनी आशा पार्कीलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । भीमदत्त नगरपालिका–वेदकोट सीमानाका पाँच घरमा र पुर्नवास नगरपालिकामा सात घरमा बाढी पसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार भीमदत्त नगरपालिका १९ त्रिवेणी टोल बस्ने कलावती जोशीको कच्चीघरमा पानी पसेको जनाएको छ । लगातारको वर्षाका कारण जिल्लाको बेलौरीका शान्तिपुर, कलकत्ता, शिव नगर, खल्ला कुण्डा लगायतका क्षेत्र प्रभावित बनेको समेत प्रहरीले जनाएको छ 




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.