शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबिच सहमती नहुदाँ विद्यालय शिक्षा विधेयक शिक्षा समितिबाट पास हुन सकेन

Everest Fuji News २०८२ असार १६ मा प्रकाशित       Published at 2025 Jun 30


काठमाडौं /


शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबिच सहमती नहुदाँ विद्यालय शिक्षा विधेयक शिक्षा समितिबाट पास हुन सकेन । 

सोमबार शिक्षा समिति बैठकबाट सो विधेयक पास गर्ने तयारी गरेको थियो तर, विधेयकमा महासंघले असहमति जनाएपछि विधेयक पारित हुनबाट रोकिन पुगेको बताइएको छ । विधेयकमा अस्थायी, करार तथा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने विषयमा महासंघले आपत्ति जनाएपछि मन्त्रालयल शिक्षक महासंघबीच सहमती जुट्न नसकेको बताइएको छ । विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट स्थायी गराउने सहमति जुटेको थियो । तर, महासंघले ७५–२५ हुनुपर्ने माग राखे पछि सहमति हुन नसकेको मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयले भने महासंघको मागलाई सम्बोधन गर्न नसकिने बताएको छ । जसले गर्दा विधेयक पारित गर्न सोमबार बिहान ८ बजेका लागि बोलाइएको शिक्षा समिति बैठक बस्न नै सकेन । यसैबीच, शिक्षामन्त्री रघुजी पन्त र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कांग्रेस पार्टी कार्यालय सानेपा भेटबार्ता भएको छ । विद्यालय शिक्षा विधेयकमा शिक्षक महासंघले असहमति जनाएपछि शिक्षामन्त्री पन्त र सभापति देउवाबीच छलफल भएको बताइएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.