सहकारीमा रकम जम्मा गर्नेहरुको रकमको ग्यारेन्टी हुनु आवश्यक : देउवा

Everest Fuji News २०८१ माघ २० मा प्रकाशित       Published at 2025 Feb 02



नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरुको रकमको ग्यारेन्टी हुनु  आवश्यकता भएको बताउनुभएको छ ।

 पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा सभापति देउवाले सो कुरा बताउनु भएको हो । उहाँले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गर्न जरुरी रहेको बताउनु भएको छ । पुर्वप्रधानमन्त्री समेत रहनुभएको सभापति देउवाले वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिवद्ध रहेको समेत बताउनु भएको छ । उहाँले आम नागरिकहरुले दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गर्दा वचत कर्ताहरु पीडित भएको बताउनु भएको छ । सरकारले समयानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने महशुस गरेर अध्यादेश ल्याएको उहाँले बताउनु भएको छ । उहाँले सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्ने समेत विश्वास व्यक्त गर्नुभएको छ । 

सभापति देउवाले नेपाली काँग्रेसले सहकारीको मर्म र भावनाअनुसार समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पु¥याउन अभियानको रुपमा बिस्तार गर्न लागिपरेको बताउनु भएको छ ।।

 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.