मुलुकको आयात र निर्यात दुई वर्षपछि उकालो

Everest Fuji News २०८१ माघ ९ मा प्रकाशित       Published at 2025 Jan 22


काठमाडौं /


मुलुकको आयात र निर्यात दुई वर्षपछि उकालो लागेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको पुससम्म आयात ७ प्रतिशत र निर्यात ३१ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । दशैंतिहारमा औसत १ खर्ब ३० अर्बको वस्तु आयात भएकोमा मंसिरमा १ खर्ब ४८ अर्ब र पुसमा १ खर्ब ६० अर्ब पुगेको विभागको तथ्याङकमा उल्लेख छ । यो पछिल्लो २ वर्षयता एक महिनामा आयात भएको सबैभन्दा बढी हो । चालु आर्थिक वर्ष २०८१÷८२ को साउनमा १ खर्ब २८ अर्बको वस्तु आयात भएकोमा भदौमा १ खर्ब ३४ अर्ब, असोजमा १ अर्ब २८ अर्ब र कार्तिकमा १ खर्ब २२ अर्बको आयात भएको विभागले जनाएको छ । गत आर्थिक वर्ष २०८१÷८१ देखि चालु आर्थिक वर्षको कार्तिकसम्म प्रतिमहिना औसत १ खर्ब ३० अर्बको वस्तु मात्रै आयात भएकोमा अहिले भने बढेको देखिएको छ । त्यस्तै चालु आर्थिक बर्षको पुससम्म ८ खर्ब २२ अर्बको वस्तु आयात हुँदा ९८ अर्ब ८ करोडको वस्तु निर्यात भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको अहिलेसम्म आयात ७ प्रतिशत र निर्यात ३१ प्रतिशतले बढेको छ । त्यस्तै चालु आर्थिक बर्षमा १० अर्ब ४२ करोडको धानको बीउ आयात भएको छ । भटमासको तेलको कच्चा पदार्थ २४ अर्ब ३६ करोडको आयात भएको छ । त्यस्तै पेट्रोल ३२ अर्ब, डिजेल ५४ अर्ब र खाना पकाउने ग्यास २९ अर्बको आयात भएको छ । २ अर्ब ९६ करोडको चिया, ४ अर्बको अलैंची, १८ अर्बको भटसको तेल र ५ अर्बको कार्पेट निर्यात भएको विभागले जनाएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.