देशको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब रुपैयाँभन्दा माथि

Everest Fuji News २०८१ माघ ६ मा प्रकाशित       Published at 2025 Jan 19


देशको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिना अर्थात साउनदेखि पुससम्ममा एक खर्ब दुई अर्ब तीन करोड थप भएर सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको उल्लेख गरेको छ । चालू आर्थिक वर्षको शुरुवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको समेत जनाएको छ । सरकारले हरेक वर्ष बजेटको आकार बढाए पनि त्यसअनुसार राजस्व असुली बढ्न नसक्दा सार्वजनिक ऋणको आकार बढ्दै गएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यस वर्षको पुस समान्तसम्म विदेशी विनिमय दरमा भएको परिवर्तनले ११ अर्ब ६१ करोड सार्वजनिक ऋण दायित्व बढेको सो कार्यालयले जनाएको छ । यसबीचमा आन्तरिक ऋणको ब्याज भुक्तानीमा २७ अर्ब ९५ करोड र साँवा भुक्तानीमा एक खर्ब २७ अर्ब रुपैयाँ खर्च भएको छ । बाह्य ऋणको साँवा भुक्तानीमा २२ अर्ब २० करोड र ब्याज भुक्तानीमा चार अर्ब २७ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.