वीरगञ्जको मनोकामना मनिचेन्जर वीरगञ्ज प्रालिको इजाजत खारेज

Everest Fuji News २०८१ पुष २९ मा प्रकाशित       Published at 2025 Jan 13


नेपाल राष्ट्र बैंकले वीरगञ्जको मनोकामना मनिचेन्जर वीरगञ्ज प्रालिको इजाजत खारेज गरेको छ ।

राष्ट्र बैंकले भारतीय मुद्राको खरिद बिक्री गर्न इजाजत प्राप्त गरेको उक्त मनिचेन्जरको इजाजत खारेज गरेको जनाएको छ । भारतीय रुपैयाँ खरिद बिक्री गर्न इजाजतपत्र प्राप्त गरेको मनोकामना मनिचेन्जर वीरगञ्ज प्रालि वीरगञ्ज, पर्साको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ चौथो संशोधनसहितको विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्था बमोजिम इजाजतपत्र रद्द गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सो मनिचेन्जरसँग कुनै पनि कारोवार नगर्न÷नगराउनु हुन सर्वसाधारणसँग आह्वान समेत गरेको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.