नेपाल राष्ट्र बैंकले तिहारका लागि भोलि एक दिन मात्रै असर्फी विक्री गर्ने

Everest Fuji News २०८१ कार्तिक १२ मा प्रकाशित       Published at 2024 Oct 28


नेपाल राष्ट्र बैंकले तिहारका लागि भोलि एक दिन मात्रै असर्फी विक्री गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का मेडालियन गत आइतबारबाट नै विक्री गरिरहेको छ । १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित मेडालियन बिक्री भइरहेको छ ।लक्ष्मी मेडालियन, गणेश मेडालियन र गजलक्ष्मी मेडालियनको १० ग्रामका सिक्काको मूल्य २ हजार २ सय रहेको छ । गाई मेडालियन १० ग्रामको २ हजार २ सय तथा २५ ग्रामको ५ हजार ५ सय रहेको छ । नेपाल राष्ट्र बैंकलेका सूचना अधिकारी डिलिराम पोखरेलले तिहारको लागि चाँदीका सिक्काहरू आइतबारबाट नै विक्री सुरु भएको बताउनुभयो । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.