यस वर्षको दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडाच्याङग्राको व्यापार

Everest Fuji News २०८१ आश्विन २९ मा प्रकाशित       Published at 2024 Oct 15


यस वर्षको दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडाच्याङग्राको व्यापार भएको छ ।

दशैँका लागि मुस्ताङबाट बिक्री भएका ८ हजार भेडाच्याङग्रा मध्य ४ हजार ८ सय वटा जिल्लाभित्रका किसानले पालेको र ३ हजार २ सय डोल्पा, मुगुुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय वटा भेडा र सात हजार पाँच सय च्याङग्रा बिक्री भएको बताइएको छ । मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा २८ हजारदेखि ३८ हजार रुपैयाँका दरले च्याङग्रा बेचेका । सरदर मूल्यअनुुसार १६ करोड रुपैयाँ बराबरको च्याङग्रा बिक्री भएका अर्यालले बताउनुभयो । गएको वर्ष सात हजार वटा भेडाच्याङग्रा बिक्री भएको बताएका छन् । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौलगायतका जिल्ला तथा शहरमा मुुस्ताङका भेडाच्याङग्रा बिक्री भएको बताइएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपाली भेडाच्याङग्राको व्यापार राम्रो भएको व्यापारीहरुले बताएका छन् । विगतमा च्याङग्रा महँगो हुँदा व्यापार घटेको थियो । जडीबुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले दशैँतिहारमा हिमाली च्याङग्राको मासुुको उपभोग गर्ने चलन रहेको छ । तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री गरिन्छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.