नेपाल राष्ट्र बैंकले दशैँका लागि यस वर्ष नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब रुपैयाँ बचत

Everest Fuji News २०८१ आश्विन २५ मा प्रकाशित       Published at 2024 Oct 11


नेपाल राष्ट्र बैंकले दशैँका लागि यस वर्ष नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब रुपैयाँ बचत भएको छ । 

गएको वर्ष राष्ट्र बैङ्क काठमाडौं उपत्यकामा मात्र साँढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष चार अर्बमा सिमित भएको बैंकले जनाएको छ । बैकका अनुसार यो वर्ष २५ अर्बले कम आएको जनाएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईले यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट दुई अर्ब र अन्य बैंकबाट नोट सटही भएको अनुमान गरिएको बताउनु भएको छ । नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छ भने सटहीका लागि थप जनशक्ति व्यवस्थापनको झन्झट व्यहोर्न नपरेको पनि उहाँको भनाई छ । अघिल्लो वर्ष नयाँ नोट मुद्रणका लागि डेढ अर्ब रुपैयाँ खर्च लागेको थियो । यस वर्ष बैंकले नयाँ नोट मुद्रण नगरी अहिले चलनचल्ती रहेका सफा र सुकिला नोटको प्रयोगलाई जोड दिएको छ । बैंकको नीतिअनुरुप यस वर्षको मुख्य चाडपर्वमा चलनचल्तीकै सुकिला नोट प्रयोग हुने भएका छन् ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.