काठमाडौं/
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाडा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताउनुभएको छ ।
आज मन्त्रालयमा विजया दशमी, दीपावली, छठ लगायतका चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले भाडा समायोजनको विषय मुख्य रहेको भन्दै छिटै निर्णय लिने बताउनु भयो । उहाँले इन्धनको मूल्य घट÷बढ भएअनुसारको अटोमेटिक समायोजन गर्नेबारेमा पनि छलफल भइरहेको बताउनु भयो । उहाँले चाडपर्वलक्षित यातायात सेवालाई सहज बनाउन अग्रिम टिकट खोलेर सहजता प्रदान गर्न पनि सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभयो ।
भौतिकमन्त्री दाहालले बढी भन्दा बढी यात्रुलाई सुविधायुक्त ढंगले यातायात सञ्चालन गर्नेगरी सरकारले काम गरिरहेको बताउनु भयो ।।