स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पु¥याउने बारे सरकार अलमल

Everest Fuji News २०८१ भदौ २६ मा प्रकाशित       Published at 2024 Sep 11


स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पु¥याउने बारे सरकार अलमलमा परेको बताउनु भएको छ ।

आज शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सम्झौता कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले एक लाखको बीमालाई व्यवस्थित गर्न समेत नसकिरहेको अवस्थामा ५ लाख झनै कठिन हुने हो की भन्ने आशंका सरकारसँग रहेको बताउनु भएको छ । उहाँले सरकारलाई मन्त्रालयको तर्फबाट आफूले श्रोत सुनिश्चितताका लागि आवश्यक प्रश्ताव र योजना पनि दिएको जानकारी दिनुभएको छ । उहाँने बीमालाई एकीकृत प्रणालीबाट विकास गर्नुपर्ने उल्लेख गर्नुभएको छ । मन्त्री पौडेलले राज्यले स्वास्थ्य कर १२ अर्ब लिने गरेको भएपनि स्वास्थ्य मन्त्रालयलाई जम्मा ४० करोड रुपैयाँ दिइएको भन्दै उक्त कर सम्पूर्ण रुपमा बीमा बोर्डमा जाने व्यवस्था हुनुपर्ने बताउनु भएको छ । शिक्षण अस्पतालमा सुविधाका शीर्षक र बीमाको गरेर ६२ करोड रुपैयाँ सरकारले दिन बाँकी रहेको भन्दै अस्पताल सञ्चालनका लागि तत्काल दिनुपर्ने अवस्था रहेको समेत उहाँले बताउनु भएको छ । मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयले बीमा बोर्डलाई ५० प्रतिशत भुक्तानीको प्रक्रिया पूरा गरिसकेको र अर्थ मन्त्रालयमा पुगेको बताउनु भएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.