दक्षिण एशिया क्षेत्रीय वित्तीय समावेशिता पहलको नेतृत्वमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अध्यक्षमा चयन

Everest Fuji News २०८१ भदौ १९ मा प्रकाशित       Published at 2024 Sep 04


दक्षिण एशिया क्षेत्रीय वित्तीय समावेशिता पहलको नेतृत्वमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अध्यक्षमा चयन हुनुभएको छ ।

 नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्पmबाट गभर्नर अधिकारी सार्फीको अध्यक्ष चयन हुनुभएको हो । मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा सोमबारदेखि जारी एलाइन्स फर फाइनान्सियल इन्क्लुजन ग्लोबल पोलिसि फोरमको बैठक चलिरहेको छ । सो बैठकअन्तर्गत बुधबार आयोजित पाँचौं सार्फी लिडरसिप राउण्डटेलका क्रममा सार्फीको अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण गरिएको छ । सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गर्नुभएको थियो । बैठकले स्टेट बैंक अफ पाकिस्तानलाई सार्फीको उपाध्यक्ष चयन गरेको छ । यसअघि सार्फीको नेतृत्व माल्दिभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्पmबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष हुनुहून्थ्यो । सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ग्लोबल पोलिसि फोरमको बाह्रौं बैठकका क्रममा सार्फी स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् ।।  



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.