सामान्य बढेको शेयर बजार बुधबार उच्च अंकले घटेयो

Everest Fuji News २०८१ भदौ १९ मा प्रकाशित       Published at 2024 Sep 04


मंगलबार सामान्य बढेको शेयर बजार बुधबार उच्च अंकले घटेको छ । 

शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज, नेप्से बुधबार ९० दशमलव ७३ अंकले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ विन्दुमा पुगेर बजार बन्द भएको छ । यसअघि गएको आइतवार नेप्से २७ सय विन्दुबाट तल झरेको थियो । बुधबार सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन, व्यापार, अन्य समूहको शेयर उच्च अंकले ओरालो लागेको नेप्सेले जनाएको छ । बुधबार कुमारी इक्विटी फन्डको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । बजार उच्च अंकले ओरालो लागेको दिन पाँच वटा कम्पनीका शेयर भने १० प्रतिशतले बढेको छ । बुधबार तीन सय २० वटा कम्पनीका दुई करोड ६५ लाख कित्ता शेयर १२ अर्ब ९२ करोड रुपैयाँमा कारोबार भएका छन् ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.