शेयर बजार दुई दिनमा २ सय अंकले गिरावट आएको छ ।
गत आइतबार ७९ दशमलव ८८ अंकले ओरालो लागेको बजार मंगलबार पनि १११ दशमलव ९६ अंकले गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । गत साताको अन्तिम दिन बजार बढेर बन्द हुँदा नेप्से २९७४ दशमलव ४६ अंकमा उक्लिएको थियो भने मंगलबार झरेर २७८२ दशमलव ६० अंकमा ओर्लिएको छ । समग्रमा बजार घटे पनि होटल समूह ० दशमलव ४३ अंकले बढ्दो भने बाँकी समूह राताम्मे भएको थियो । सबैभन्दा बढी बैंकिङ समूह ४ दशमलव ९३ प्रतशितले घटेको छ । मंगलबार ३३० कम्पनीका ४ करोड ३८ लाख ६९ हजार ९ सय ७० कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १ सय ७०.३५ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।।