आईतबार एक सय तीन अंकले बढेको शेयर बजार सोमबार गिरावट आएको छ ।
शेयर बजार परिसूचक नेपाल स्टक एक्सेचेञ्ज नेप्से सोमबार २० दशमलव ४६ अंकले गिरावट आई २ हजार ६ सय ६१ दशमलव शून्य ९ विन्दुमा पुगी कारोबार बन्द भएको थियो । शेयर कारोबार खुलेको एक मिनेटमै दुई हजार सात सय ३७ विन्दुमा पुगेको शेयर बजार दिनभरको उतारचढावबीच गिरावट आएको हो । सोमबार फाइनान्स र जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, व्यापार, विकास बैंक, उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको नेप्सेले जनाएको छ । सोमबार बजार ओरालो लागे पनि कारोबार रकम भने ३५ महिनायताकै उच्च रहेको नेप्सेले जनाएको छ । सोमबार तीन सय २५ वटा कम्पनीका चार करोड ७७ लाख कित्ता शेयर १९ अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको जनाएको छ ।।