नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २८ महिना यताकै उच्च बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचक विहिबार ५९ दशमलव ६८ अंकले बढेर २४२४ को बिन्दुमा पुगी कारोबार बन्द भएको थियो । यसअघि २०७८ चैत १६ गते मात्रै अन्तिम पटक २४६४ को बिन्दुमा परिसूचक पुगेको थियो । आज बजारमा ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयरको खरिदबिक्री हुँदा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको करोबार भएको छ । यसअघि २०७८ भदौ ८ गते १६ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको थियो । अघिल्लो दिन बुधबार मात्रै ५४ अंकले बढेको बजारमा १२ अर्ब ४३ लाख रुपैयाँको कारोबार भएको थियो । जुन करिब ३ वर्ष यताकै उच्च करोबार थियो । विहिबार बजारमा ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लगेको छ । विहिबार नेपाल इनभेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स लिमिटेड, अंखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था, थ्रिस्टार हाइड्रोपावर सकारात्मक सर्किटका साथ सर्वाधिक नाफामा रहेका छन् । कारोबारका आधारमा नेपाल फाइनान्स लिमिटेड ४२ करोड ४६ लाख रुपैयाँको करोबारका साथ शीर्ष स्थानमा रहको छ ।।