पाँच वटा नक्कली कम्पनी खडा गरेर ३२ सय केजी सुन तस्करी

Everest Fuji News २०८१ असार १८ मा प्रकाशित       Published at 2024 Jul 01


काठमाडौं /

पाँच वटा नक्कली कम्पनी खडा गरेर ३२ सय केजी सुन तस्करी गरेको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो कुरा सार्वजनिक गरेको हो । ब्युरोले भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालिबाट १ हजार ३ सय ३ दशमलव ९६५ केजी, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रालिबाट ६३२ दशमलव ७९५ केजी, चुंगाक इलेक्ट्रिक सप्लायर्स प्रालिबाट ७१६ दशमलव ८३ केजी, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिबाट १७० दशमलव ८ र रेडि ट्रेड प्रालिबाट ७ दशमलव ५ केजी सुन पैठारी भएको जनाएको छ । सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको गरेको छ । प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले कम्पनीमार्फत कुल २ हजार ८३१ दशमलव ८९ केजी सुन र कुल परिणाम २७ अर्ब ३२ करोड २० लाख ७४ हजार ७२० रुपैयाँ हुन जाने बताउनु भएको छ ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.