बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुकै लगानीमा बन्नुपर्ने प्रश्ताव

Everest Fuji News २०८१ असार ३ मा प्रकाशित       Published at 2024 Jun 16


नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुकै लगानीमा बन्नुपर्ने प्रश्ताव गर्नुभएको छ ।

स्वदेशमा तथा विदेशमा रहेका नेपालीहरुको लगानीमा सो आयोजना सम्पन्न गर्ने काम सरकारले गर्नुपर्ने उहाँले बताउनुभएको हो । आज प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले मेरो सहभागितामा नेपाल बन्दैछ भन्ने कुराको सन्देश दिन पनि नेपाल भित्र र बाहिर रहेका नेपालीहरुको लगानीमा सो आयोजना सम्पन्न गर्न उपयुक्त हुने धारणा पनि राख्नुभयो । उहाँले नेपाल बन्नसक्छ र यो उज्यालो दिशातर्फ अगाडि बढ्दैछ भन्ने सन्देश दिन पनि सरकारले १२ सय मेघावाट क्षमताको सो आयोजनाको निर्माण कार्यमा ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले वैदेशिक ऋणको पासोमा पर्नबाट जोगिन पनि सरकारले वैदेशिक ऋण लिएर यस्ता ठूला आयोजनाहरु अघि बढ्न नहुने बताउनु भयो । महामन्त्री शर्माले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दाका ऋण तिर्न नसकिने अवस्था विद्यमान रहेको पनि स्मरण गराउनु भयो । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.