हावाहुरीका कारण किसानको १५ करोड रुपैयाँ बराबरको केरा खेती नष्ट

Everest Fuji News २०८१ जेठ २३ मा प्रकाशित       Published at 2024 Jun 05


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले चितवनका हावाहुरीका कारण किसानको १५ करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको भन्दै क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद ढकालले चितवनमा केही दिन अघिको हावाहुरीका कारण १५ करोड बराबरको केरा खेतीमा क्षति पुगेको भन्दै सो को क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभएको हो । उहाँले १५ करोड बराबरको क्षतिको बीमा रकम किसानलाई प्रदान गर्न माग गर्नुभयो । उहाँले गत वर्ष भएको क्षतिको पनि २ करोड ५० लाख बीमा रकम अहिलेसम्म भुक्तानी हुन नसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले आफूले संसदमा केवल बोल्नको लागि मात्रै किसानको कुरा नबोलेको भन्दै आफूले बोलेको कुरालाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गर्नुभयो ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.