वितरणमुखी बजेटलाई अर्थमन्त्री वर्षमान पुनले खुला गरेको पूर्वअर्थमन्त्री महतको आरोप

Everest Fuji News २०८१ जेठ २० मा प्रकाशित       Published at 2024 Jun 02


पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले बजेटमा आइटी क्षेत्रलाई प्राथमिकता दिएपनि कार्यान्वयनको कार्ययोजना नभएको बताउनुभएको छ । 

 काठमाडौंमा भएको मुलुकको आर्थिक अवस्था र बजेट समिक्षा विषय कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको कार्ययोजना बिना प्रश्तुत गरेको बताउनु भयो । उहाँले सरकारले ल्याएको बजेटका हरेक कार्यक्रम र योजनाहरु कार्यान्वयनमा चुनौति रहेको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षको बजेट ऋण लिएको रकम लगानी गरी ऋणको सावाँ ब्याज तिरेर नाफा गर्ने लक्ष्य राख्नुपर्ने भएपनि ऋणमा मात्रै निर्भरता हुने गलत नीति लिएको दाबी गर्नुभयो । उहाँले बजेटका ऋणको हिसा बढाउनु राम्रो नभएको बताउनु भयो । उहाँले प्याज,आलु र स्याउमा आयात गर्ने व्यवसायीहरुको कुरा सुनेर भ्याट हटाइएको आरोप लगाउनु भयो। उहाँले सरकारले ल्याएको बजेट समग्रमा ६ प्रतिशतको आर्थिक वृद्धि भने पनि ५ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि नहुने बताउनु भयो । उहाँले सरकारले बजेट वितरणमुखी ल्याएको दाबी गर्नुभयो । 

उहाँले चालु आर्थिक वर्षमा आफूले रोकेको वितरणमुखी बजेटलाई अर्थमन्त्री वर्षमान पुनले खुला गरेको आरोप लगाउनु भयो ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.