काठमाडौं महानगरपालिकाको घरवहाल कर लगायतको बजार अनुगमन तिब्र

Everest Fuji News २०८१ जेठ ३ मा प्रकाशित       Published at 2024 May 16


काठमाडौं महानगरपालिकाले घरवहाल कर लगायतको बजार अनुगमनलाई तिब्र पारेको छ ।

वैशाख २१ गतेबाट शुरु गरेको महानगरको घरवहाल कर लगायतको बजार अनुगमन आजसम्म पनि जारी छ । महानगरपालिकाको राजश्व विभागले ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ अभियानको रुपमा तीन प्रकारका राजश्व अनुगमन टोलीको व्यवस्था गरेर बजारमा परिचालन गरेको हो । महानगरले जनप्रतिनिधि, कर्मचारी, राजश्व विभाग कर्मचारी सहितको टोलीले पसल तथा कम्प्लेक्सहरुमा घरबहाल कर र महानगरलाई तिर्नुपर्ने कर तिरे÷नतिरेकोबारे अनुमगन थालेका हुन् । महानगरले कर नबुझाउने करदातालाई कर तिर्न आग्रह गर्ने अभियान चलाएको बताएको छ । अनुगमनको क्रममा व्यवसाय दर्ता भएपनि नविकरण नगरेको र घरबहाल करमा समस्या देखिएको काठमाडौं महानगर राजश्व विभागका राजश्व अधिकृत रामजी श्रेष्ठले बताउनु भयो । उहाँले नेपाल सरकार र महानगरलाई पनि घरबहाल कर तिर्नुपर्ने भएकाले समस्या देखिएको बताउनु भयो । उहाँले वास्तविक भाडा अनुसार घरबहाल करको मापदण्ड बनाउन जरुरी रहेको बताउनु भयो ।

महानगरपालिकाले बहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिने बीचका शर्त व्यवस्थापन गर्न ‘बहाल व्यवस्था कार्यविधि’ समेत जारी गरेको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.