सिप्रदी ट्रेडिङले नयाँ भनेर पुराना सवारी साधन बिक्री गरेको भन्दै काठमाडौं महानगरपालिकाले ४ वटा सवारीसाधन फिर्ता गर्ने भएको छ ।
महानगरपालिकाले सोमवार पत्रकार सम्मेलन गर्दै सिप्रदीले नयाँ भन्दै पुराना गाडीहरु बिक्री गरेको प्राविधिक परीक्षणका क्रममा पुराना सवारीसाधन बिक्री गरेको जानकारी गराएको हो । नेपालका लासिग टाटाको आधिकारिक बिक्रेता सिप्रदीले नयाँ भनेर महानगरपालिकालाई ६ वटा सवारी बिक्री गरेको तर ४ वटा भने पुराना रहेको पत्ता लागेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताउनु भयो । उहाँले महानगरले खरिद गरेका ६ वटा टिप्परकै ब्लुबुकमा उत्पादन वर्ष २०२२ उल्लेख गरेको तर ४ वटा टिप्परको उत्पादन वर्ष २०२१ रहेको पाइएको बतउनु भयो ।