निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुलाई राज्यबाटै कमजोर पारिएको आरोप लगाउनुभएको छ ।
जनकपुरधाममा मधेस प्रदेश निर्माण व्यवसायी महासंघको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा अधयक्ष सिंहले सो आरोप लगाउनु भएको हो । उहाँले राज्यको गलत नीतिका कारण निर्माण व्यवसाय कमजोर अवस्थामा पुगेको आरोप लगाउनुभएको हो । कोरोना संक्रमणको समयमा प्रत्येक क्षेत्र प्रभावित भएको तर सरकारले निर्माण व्यवसायलाई मध्यम प्रभावित क्षेत्रमा राखेर कुनै प्रकारको सहुलियत नदिँदा कतिपय निर्माण व्यवसायीहरुको अवस्था नाजुक भएको बताउनु भयो । राज्यले उक्त समयमा ब्याजदरमा सहुलियत तथा समय सीमा थप गरेको भए निर्माण व्यवसाय धारासायी नहुने बताउनु भयो । समृद्धिको संवाहक निर्माण व्यवसायी भएपनि सरकारका नीति,नियमहरू समायानुकुल नहुँदा थप जटिलता देखिएको बताउनु भयो । पछिल्लो समयमा सार्वजनिक खरिद नियमावलीमा अझै त्रुटीहरु रहेको उहाँले गुनासो गर्नुभयो ।