कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ ।
कामीरिताले आज बिहान ७ ः २५ बजे सगरमाथाको २९ औँ पटक सफल आरोहण गर्नुभएको हो । विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले सन् १९९२ बाट हिमाल आरोहण गर्न थाल्नुभएको हो । कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरि सक्नुभएको छ । कामीरिताले सन् २०२३ मा २८ र २७ औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो । त्यसअघि सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६ औँ पटक सगरमाथाको आरोहण गनुभएको थियो । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान राख्नु भएको छ ।।