नेपालमा वार्षिकरूपमा ० दशमलव ९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक गरिएको छ ।
जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरू सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालय, जनसंख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले उक्त विवरण सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार नेपालमा २ करोड ९२ लाखको हाराहारीमा जनसंख्या रहेको बताउनु भएको छ । जनसंख्याको वार्षिक वृद्धिदर एक प्रतिशत भन्दा तल रहेको भन्दै उहाँले नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम भएको जानकारी दिनुभएको छ । २०६८ साल र २०७८ सालको अवधिमा २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३ दशमलव ८ प्रतिशतले भएको उहाँले बताउनु भएको छ । एक वर्षमा नेपालमा शिशुहरुको कोरा जन्मदर १४ दशमलव २ प्रतिशत एक वर्षमा शिशुहरूको कोरा जन्मदर हेर्दा नेपालमा १४ दशमलव २ प्रतिशत जन्मशर्त जन्म भएको देखिन्छ । अहिले नेपालको कुल औषत आयु ७१ वर्ष ३ महिना पुगेको जनाइएको छ । पुरुषको ६८ वर्ष २ महिना रहेको छ भने महिलाको ७३ वर्ष ८ महिना रहेको छ । पुरुष र महिलाको मृत्युको ग्याप बढ्दै गएर ५ वर्षले फरक रहेको छ । सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२ वर्ष ५ महिना र सबैभन्दा कम ६९ वर्ष ५ महिना लुम्बिनी प्रदेशमा बाच्ने गरेको बताइएको छ ।।