नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने

Everest Fuji News २०८१ बैशाख ६ मा प्रकाशित       Published at 2024 Apr 18


काठमाडौँ/

 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताउनु भएको छ ।

आज नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाले आयोजना गरेको तेस्रो एकाउण्टेण्ट सम्मेलनलाईमा गर्भनर महाप्रसाद अधिकारीले सो कुरा बताउनुभएको हो । गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रको बाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महँगी क्रमशः घट्दै गएकाले अर्थतन्त्र लयमा आउने संकेत गरेको बताउनु भयो । उहाँले सरकारले लिएको नीतिगत निर्णयको कारण बाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महँगी क्रमशः घट्दै गएको उल्लेख गर्नुभयो । गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३ दशमलव २ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको बताउदै कोरोना महामारीको संकट र रुस युक्रेन युद्धकाबिच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने अवस्था रहेको बताउनु भयो । उहाँले विश्वको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको भन्दै उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा रहेको बताउनु भयो । उहाँले सन् २०२३ मा ६ दशमलव ८ प्रतिशत रहेको मूल्यवृद्धि सन् २०२४ मा ५ दशमलव ९ प्रतिशतमा झर्ने अनुमान रहेको बताउनु भयो । नेपालको अर्थतन्त्रमा पनि विभिन्न सूचकहरू बलियो रूपमा देखिएकाले भविष्यमा वृद्धि हुने अवस्था रहेको बताउनु भएको हो । गभर्नर अधिकारीले लेखा परीक्षण व्यवसायीहरूको सक्षमताले निजी क्षेत्र र राज्यका निकायहरूलाई पारदर्शी बनाउन मद्दत पुग्ने बताउनु भयो । उहाँले लेखा व्यवसाय विश्वका एक उत्कृष्ट व्यवसाय भएको भन्दै विश्वका जुनसुकै देशमा पनि काम गर्न सकिने अवस्था रहेको बताउनु भयो । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.